फार्म हाउसमा खेती

१० बर्षसम्म भारतीय क्रिकेट टिमको कप्तानी गरेका महेन्द्रसिंह धोनी यतिबेला क्रिकेटबाट केहि टाढिएका छन ।

विश्वकपको सेमिफाइनलबाट टिम बाहिरीएपछि फेरी राष्ट्रिय टिममा नदेखिएका धोनीको टी २० विश्वकप खेल्ने चाहनामा थिए । त्यो भन्दा अगाडी आइपीएलमा आफुलाई प्रभाणित गरेर विश्वकप टिममा स्थान बनाउने लक्ष्य थियो । तर कोरोनाका कारण उनको त्यो योजना विथोलिएको छ ।

कोरोनाका कारण लकडाउन हुँदा धोनी भने खेतीकिसानीमा ब्यस्त देखिएका छन । उनले आफ्नो फार्म हाउसमा जैविक खेती गरेका छन । खेलमा खन्नका लागि ट्रयाक्सटपनि खरिद गरेका छन भने चलाउनपनि सिकेका छन ।

राँचीको सैंबो स्थित आफ्नो फार्म हाउसमा उनी ट्याक्टर चलाएर खेती खन्दै गरेको देखिएका छन । यस्तै उनले आइपीएलमा कप्तानी गरेको टिम चेन्नई सुपर किंग्सले सोसियल मिडियामा त्यो भिडियो सेयर गरेका छन ।

भारतीय टिमबाट उनले तीन सय ५० खेल खेल्दा १० हजार भन्दा बढि रन बनाएका छन । उनी एक बर्षदेखि टिम बाहिर रहेका छन । टेष्टमा पनि उनले करिव पाँच हजार रन बनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest