युवराज सिंह विरूद्ध पुलिसमा उजुरी

भारतीय क्रिकेट टिमका पूर्व खेलाडी युवराज सिंहविरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ ।

उनले केही दिन पहिले एक लाइभ च्याटका दौरान भारतीय टिमका स्पिन बलर युजवेन्द्र चहललाई लिएर जातिसूचक शब्दको प्रयोग गरेको भन्दै उनीविरुद्ध प्रहरीमा निवेदन दर्ता गराइएको बताइएको छ ।

युवराज र रोहित शर्माबीच इंस्टाग्राममा लाइभ च्याट भइरहेको थियो, यसै दौरान युजवेन्द्रलाई लिएर केही तर्क वितर्क भएको थियो । युवराजले युजवेन्द्र र कुलदीप यादवको काम नभएको भताएका थिए ।

यसै च्याटमा रोहितले पनि युजवेन्द्रले आफ्नो परिवारसँगको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकोमा आपत्ति जनाएका थिए । युजवेनद्रलाई लिएर युवराजले दिएको तर्कको भिडियो सामाजिक सञ्जालनमा भाइरल भएको थियो । त्यसपछि ‘युवराज सिंह माफी माग’ भन्ने ट्रेन्ड सुरु भयो । युवराजले मजाकका रूपमा तर्क दिएको र कसैको भावनामा ठेस पुग्ने सोचसहित तर्क नदिएको बताए ।

यता वकिल रजत कालसनले युवराजविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको र उनीविरुद्ध दलित तथा जातिवादक शब्दको प्रयोग गरेको आरोप लागेको बताए । उनले युवराजविरुद्ध एफआईआर दर्ता गर्नसमेत माग गरेका छन् । तर, भारतीय सञ्चारमध्यमका अनुसार अहिलेसम्म कुनै एफआईआर दर्ता भएको छैन । कालसनका अनुसार युवराजको कमेन्टले दलितको भावनामा ठेस पुर्याएको बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest