आर्थिक अभावकाे सामना गर्दै क्यान

कोरोना भाइरसका कारण पछिल्लो करिव तीन महिनादेखि जारी रहेको लकडाउनका कारण यतिबेला नेपाली खेलकुदमा पनि ठुलो असर परेको छ । खेलाडीहरु घरमै बस्नुपरेको छ भने नेपाल क्रिकेट संघ क्यानका कामहरु पनि ठप्प भएका छन । लामो समयपछि क्यानका पदाधिकारीले जिल्ला क्रिकेट संघ र प्रदेशका पदाधिकारीसँग अनलाइनमा छलफल गरेका छन ।

पहिलो पटक प्रविधिको प्रयोग गरेर भएको बैठकमा आर्थिक पक्षको छलफल भएको थियो । नयाँ कार्यसमिती आएपछि दोस्रो पटक बसेको बोर्ड बैठकले प्रदेशलाई तीन लाख र जिल्लालाई एक लाख रुपैयाँ कामकारवाहिका लागि दिने बताएको थियो । तर त्यो अहिलेसम्म दिन सकिएको छैन । नेपाल क्रिकेट संघ क्यान आइसीसीको रकम कहिले आउला र काम गर्न पाइएला भनेर कुरिरहेको छ ।

यता आइसीसीले पनि लकडाउनका बेला आफ्नो नियमित कामलाई बन्द गरेकाले क्यानको आग्रहलाई टालिरहेको छ । यस्तैमा आज भएको छलफलमा पनि बजेटका बारेमा कुरा भएको थियो । क्यानका केन्द्रिय पदाधिकारीले आइसीसीबाट बजेट आएपछि प्रदेश र जिल्लालाई दिने बताएका छन । यस्तै सो छलफलमा अब मुलपानी र कीर्तिपुर मात्र नभइ देशमा रहेको अरु क्रिकेट मैदानमा पनि राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा क्यानले काम गर्ने बताइएको छ । यसमा पोखरा क्रिकेट मैदानका बारेमा बढि कुरा भएको थियो ।

लकडाउनका कारण क्यानका कर्मचारीले तलव खान पाएका छैनन्, यतिमात्र होइन, नेपालमा भएको त्रिकोणात्मक सिरीजको हिसाव मिलाउन पनि कठिन भएको छ । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले यो लकडाउनले निकै कठिन हुँदै गएको बताए । उनले आइसीसीले रकम पठाएको छैन, यता त्रिकोणात्मक सिरीजको हिसावका लागि दिनै फोन आउन थालेको बताए ।

यतिमात्र होइन, उनले अफिस बन्द भएका कारण आइसीसीलाई सबै चाहिने कमुमेन्टपनि पठाउन नसकेको बताए । पछिल्लो पटक आइसीसीलाई अहिलेका लागि निकाशा गर्नुपर्ने रकम पठाइदिन भनेर आग्रह गरेको बताए । आइसीसीले रकम नपाठाँउदा खेलाडीलाई दिने भनेको भत्तापनी पाएका छैनन् ।

नेपाल क्रिकेट संघ निलम्बन हुँदा आइसीसीले सोझै खेलाडीको खातामा रकम पठाउने गरेको थियो । त्यो बेला गरिएको बर्गिकरणका आधारमा खेलाडीले केहि महिनाको अन्तरालमा तलव पाउने गरेका थिए । फेरी यतिबेला खेलाडीले आफ्नो मासिक तलव नपाएको ६ महिना भन्दाल बढि समय भइसकेको छ ।

उनीहरुपनि आइसीसीको बाटो कुरी रहेका छन । लामो समयसम्म आइसीसीले तलव नपठाउँदा केहि खेलाडी भने मर्कामा परेका छन । पछिल्लो पटक टिममा परेका केहि खेलाडी लकडाउनका कारण समस्या भएको भनेर भन्न थालिसकेका क्यानका पदाधिकारीले बताए ।

यता खेलाडीको तलवका लागि क्यानले २०१९ को अन्तिमसम्म सोझै खेलाडीको खातामा पठाउन र २०२० देखि आफ्नो मातहतबाट दिने भनेको थियो । तर त्यहि विचमा कोरोनाको महामारी देखियो र सबै ठप्प बन्यो । यति बेला आइसीसीलाई खेलाडीले पहिले पाउँदै आएको नियमित तलव पठाइदिन, बरु नयाँ सम्झौताको सूची पछि मिलाउला भनेर आग्रह गर्दापनि आलटाल गरिरहेको बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest