पीसीबीले महिला क्रिकेटरकाे तलव बढायाे

पाकिस्तान क्रिकेट बोर्डले महिला राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक इकबाल इमामलाई बर्खास्त गरेको छ ।

इमामको प्रशिक्षणमा टिमले सोचेको जस्तो खेल्न नसकेको भन्दै हटाएको हो । यस्तै पीसीबीले उनको स्थानमा चाँडै नयाँ प्रशिक्षक ल्याउने बताइएको छ ।

पीसीबीले महिला क्रिकेट खेलाडीको केन्द्रीय सम्झौता र मासिक तलवपनि बढाउने भएको छ । बोर्डको सम्झौतामा रहेका खेलाडीमा ए बर्गका खेलाडीको तलव ३३ प्रतिशतले बढाएको छ भने बी श्रेणीमा रहेका खेलाडीको पनि ३० प्रतिशत र सी श्रेणीमा रहेका खेलाडीको तलव २५ प्रतिशत बढाउने भएको हो ।

पीसीबीको केन्द्रिय सम्झौतामा ए श्रेणीमा खेलाडीमा बिस्मा मारुफ, जाभेरिया खान छन । बी श्रेणीमा आलिया रियाज, डियाना बेग र सिदरा नवाज रहेका छन । यस्तै सी श्रेणीमा अनाम अमीन, नाहिदा खान, निदा डार र ओयमा सोहेल रहेका छन ।

यस्तै इमर्जिङ जूचीमा आयशा नसिम, फतिमा साना, केइनत हफिज, मुनीबा अली, नाजिहा अल्भी, रहिम समिम, साबा नाजिर, सादिया इक्वाल र सेइदा अरोब शाह छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest