पाकिस्तानले घरेलु मैदानमा क्याम्प नराख्ने

सुरक्षाका कारणले पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रिय टिमलाई तयारी बिनै इंग्ल्याण्ड पठाउने भएको छ । पीसीबीले मंगलबार सुरक्षाका कारण प्रशिक्षण क्याम्प राख्न नसक्ने बताएको छ ।

बोर्डले जुलाईमा पाकिस्तान टिम विना अभ्यास इंग्ल्याण्ड जाने बताएको छ । पाकिस्तानमा कोरोनाको संक्रमण झन झन बढिरहेको छ । मंगलबारमात्र एक लाख भन्दा बढिमा कोरोना संक्रमण देखिएको थियो । पाकिस्तानमा अहिलेसम्म दुई हजार जनाले ज्यान गुमाइसकेका छन ।

पाकिस्तानले इंग्ल्याण्ड विरुद्ध तीन टेष्ट र तीन टी २० क्रिकेट सिरीज खेल्ने तय भएको छ । यसका लागि पाकिस्तान करिव ४० दिन अगाडी इंग्ल्याण्ड जाने भएको छ ।

यसका साथै टिमको कोरोना परिक्षण पाकिस्तानमा र इंग्ल्याण्ड पुगेपछि पनि हुनेछ । पाकिस्तानमा प्रशिक्षण गर्ने अवस्था नभएको भन्दै बोर्डले इंग्ल्याण्ड बोर्डसँग ४० दिन अगाडी आउनका लागि प्रस्ताव गरेको छ र उसले त्यहि प्रशिक्षण गर्ने बताएको छ ।

इंग्ल्याण्ड सिरीजमा जाँदा पाकिस्तानका २५ खेलाडी जानेछन । पुरै टिम प्लेन चार्टड गरेर लानेछ । बोर्डले अहिले ३० खेलाडीको सूची तयार पारेको छ । त्यसबाट २५ खेलाडी छनोट गरिनेछ ।

इंग्ल्याण्ड पुगेपछि बेलायतको नियम अनुसार पाकिस्तान टिमले क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest