टी-२० विश्वकपकाे निर्णय अर्काे महिना, बीसीसीआईलाई समय दिइयाे

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले भारतीय क्रिकेट बोर्डलाई विश्वकप आयोजनाका लागि कर छुटको समय डिसेम्बरसम्मका लागि थपेको छ ।

आइसीसीको बोर्ड बैठकले बीसीसीआईलाई डिसेम्बरसम्मको अन्तिम समय दिएको हो । बीसीसीआईले कर छुटका लागि बीसीसीआईले कुनैपनि प्रक्रिया अगाडी नबढाएको र बेवास्ता गरेको भन्दै केहि दिन अगाडी २०२१ को विश्वकप आयोजनाको जिम्मा खोस्न सक्ने चेतावनी दिएको थियो ।

हाल कोरोनाका कारण यो काम गर्न नसकेको भन्दै बीसीसीआईले आइसीसीसँग केहि थप समय मागेको थियो । तर त्यो बेला आइसीसीले समय थप नहुने भन्दै उल्टो चेतावनी दिएको थियो । तर बोर्ड बैठकबाट आइसीसीले डिसेम्बरसम्मको समय थपेको छ ।

यसअघि बीसीसीआईले आइसीसीको कारोबार इकाई आइबीसीलाई जुन ३० तारिखसम्मको समय मागेको थियो । जसमा उसले अस्विकार गरेको थियो । कुनैपनि विश्वकप हुँदा आइसीसीले त्यहाँको सरकारसँग करमा छुट माग्ने गरेको छ । यदि कर छुन भएन भने भारतमा २०२१ मा हुने टी २० विश्वकपमा एक सय मिलियन डलरको घाटा ब्यहोर्ने बताएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिलाको आईसीसी टी-ट्वान्टी विश्वकपबारे अर्को महिना निर्णय गर्ने भएको छ ।

बुधबार बसेको आईसीसीको बोर्ड बैठकले विश्वकपसहित अन्य महत्वपूर्ण विषयबारे अर्को महिना फेरि बैठक गरेर निर्णय गर्ने भएको हो ।

आईसीसीले अहिलेको समस्यालाई मध्यनजर गरेर विश्वकप आयोजनामा लागि योजनाहरु बनाईरहेका कारण विश्वकपबारे निर्णय गर्न समय लाग्ने बताइएको छ । यसका लागि स्वास्थ्य सुरक्षाका सरोकारवाला र सरकारसँग छलफल गरिरहेको आईसीसीले जनाएको छ ।

अष्ट्रेलियामा तय भएको पुरुष विश्वकप यस वर्ष आयोजना हुने तालिका रहेको छ । यस्तै महिला विश्वकप आगामी वर्ष न्युजिल्याण्डमा हुने तय छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest