काेराेनाका कारण नेपालले स्कटल्याण्डमा खेल्ने सिरीज स्थगित

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने भनिएको त्रिकोणात्मक सिरीज स्थगित भएको छ । कोरोना भाइरसका कारण यो सिरीजलाई स्थगित गरेको जनाएको छ । यस्तै जुन नौ देखि १६ मा पीएनजीमा हुने नेपाल पीएनजी र युएईको सिरीजपनि अर्को सुचना नुहँदासम्मका लागि स्थगित भएको छ ।

बोर्डले विज्ञेप्ती निकाल्दै नबौ चरणका खेलहरु स्थगित भएको जनाएको हो । स्कटल्याण्ड क्रिकेटको आग्रहपछि आइसीसीले यो सिरीज स्थगित गरेको जनाएको छ । प्रतियोगितामा नेपाल नामिविया र स्कटल्याण्डले जुलाई चार देखि ११ सम्म खेल्ने तालिका थियो । सन् २०२३ को एकदिवसिय विश्वकपको छनोट प्रक्रियाका रुपमा रहेको यो प्रतियोगिता अब कहिले हुन्छ भन्नेमा आइसीसीसँग समन्वय गरेर मिती तोक्ने जनाएको छ ।

आइसीसी प्रतियोगिता प्रमुख क्रिस टेट्ले विभिन्न देशले कोरोनाका कारण विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएकाले त्यसको असर प्रतियोगितामा परेको जनाएको छ ।

यसअघि कोरोनाकै कारण नेपालले नामिवियामा खेल्ने त्रिकोणात्मक सिरीजपनि आइसीसीले स्थगित गरेको थियो । यो सिरीज नामिवियामा अप्रिल २० देखि २७ मा हुने तालिका थियो । स्कटल्याण्डमा नेपाल नामिबिया र घरेलु टिमले दुई दुई एकदिवसिय खेल खेल्ने कार्यक्रम रहेको थियो ।

यस्तै आइसीसीले विश्वकप च्यालेञ्ज लिग बी अन्तर्गत युगान्डामा अगष्ट तीन देखि १३ मा हुने प्रतियोगिता पनि स्थगित गरेको छ । यो प्रतियोगितामा बर्मुडा, हङकङ, इट्ली, जर्सी र केन्याको सहभागिता रहने तालिका थियो ।

यस्तै मलेसियामा हुने भनिएको आइसीसी मेन्स टी २० विश्वकपको दोस्रो चरणको छनोपनि कोरोनाका कारण स्थगित भएको छ । यो जुन २६ देखि जुलाई २ ताखिरमा हुने तालिका थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest