पाकिस्तान टिमकाे घाेषणा

पाकिस्तानले इंग्ल्याण्डविरुद्धको टेस्ट र टी २० सिरिजका लागि २९ सदस्यीय टिमको घोषणा गरेको छ । सबै खेलाडी एकै पटक इग्ल्याण्ड जाने छन् ।

टेस्ट टिमको कप्तानी अजहर अली तथा टी २० को बाबर आजमले गर्ने छन् । इंग्ल्याण्डविरुद्धको सिरिजका लागि युवा खेलाडीहरुलाई मौका दिइएको छ । अन्डर नाइनटीनका प्लेयर हैदर अली पनि सिनियर टिममा परेका छन् । यसैगरी अनक्याप्ड खेलाडी काशिफ भट्टी पनि टिममा परेका छन् । भट्टी यसअघि अस्ट्रेलिया र श्रीलंकासँगको सिरिजमा टिममा परे पनि मैदान भने उत्रन पाएका थिएनन् ।

यस्तै, तीब्र गतिका बलर सोहेल खानले कमब्याक गरेका छन् । उनी सन् २०१६ को डिसेम्बरमा अस्ट्रेलिया सिरिज खेलेपछि टिममा थिएनन् । सोहलेलले करियरमा तीन पटक पाँच विकेट लिइसकेका खेलाडी हुन् । उनका साथै बहाब रियाज, मोहम्मद हफीज र शोयब मलिकलाई पनि टिममा स्थान दिइएको छ ।

यस्तै पूर्व कप्तान सरफराज अहमदले पनि टिममा स्थान बनाएका छन् । कप्तान छाडेपछि पहिलो पटक टिममा परेका हुन् । पाकिस्तानी टिममा बिलाल आसिफ, मूसा खान, इमरान बट्ट र मोहम्मद नवाजलाई बैकल्पिक खेलाडीको रुपमा समावेश गरिएको थियो । आगामी २० र २२ जुनमा हुने कोरोना भाइरसको परीक्षणमा कोही खेलाडी असफल भए उनीहरुले स्थान बनाउने छन् ।
पाकिस्ताको इंग्ल्याण्ड भ्रमणको पुरै तालिका भने सार्वजनिक भइसकेको छैन । तर यो सिरिज अगस्टमा हुने छ । यस्तै पाकिस्तानले यो सिरिजका लागि युनिस खानलाई ब्याटिङ तथा मुश्ताक अहमदलाई बलिङ प्रशिक्षक पनि नियुक्त गरेको छ । यस्तै तीब्र गतिका बलर मोहम्मद आमिर र मध्यक्रममा ब्याट्सम्यान हेरिस सोहेलले इंग्ल्याण्ड खेल्न जाने टिमबाट नाम फिर्ता लिएका थिए ।
उनीहरुले आफ्ना व्यक्तिगत कारण देखाउँदै टिमबाट नाम फिर्ता लिएका हुन् । आमिरले दोस्रो बच्चाको जन्म हुन लागेकाले इंग्ल्याण्ड भ्रमणमा नजाने निर्णय गरेका हुन् भने सोहेलले कारण भने व्यक्तिगत मात्रै भनेका छन् ।

पाकिस्तानको टिम यस प्रकार छ ।
अजहर अली (टेस्ट कप्तान), बाबर आजम (टेस्ट उपकप्तान र टी-२० कप्तान), आबिद अली, फखर जमान, इमाम उल हक, शान मसूद, असद शफीक, फवाद आलम, हैदर अली, इफ्तिकार अहमद, खुशदिल शाह, मोहम्मद हफीज, शोएब मलिक, मोहम्मद रिजवान, सरफराज अहमद, फहीम अशरफ, हारिस रॉफ, इमरान खान, मोहम्मद अब्बास, मोहम्मद हसनेन, नसीम शाह, शाहीन शाह अफरीदी, सोहेल खान, उस्मान शिनवारी, वहाब रियाज, इमाद वसीम, काशिफ भट्टी, शादाब खान र यासिर शाह ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest