ब्यक्तिगत तरीकाले प्रशिक्षणमा फर्किए पारस र ज्ञानेन्द्र

कोरोना भाइरसका कारण देश करिव तीन महिना लकडाउनमा जाँदा नेपाली खेलकुद क्षेत्र ठप्प नै बन्यो । खेलाडीहरु प्रशिक्षण गर्न पाएनन् भने घरमै बस्न बाध्य भए । विस्तारै सरकारले नै लकडाउन खुकुलो गरेपछि घरमा बस्दा बस्दा केहिहदसम्म वाक्क भएका खेलाडीहरु ब्यक्तिगत रुपमा प्रशिक्षणमा फर्किएका छन् ।

यस्तैमा दुई दिन अगाडि नेपाली क्रिकेटर पारस खड्का नेटमा फर्किएको भिडियो हालेका थिए । उनले ८० दिनपछिको अनुभव भनेर सो भिडियो राखेका थिए ।

खेलाडीले आपसी सल्लाहमा ब्यक्तिगत तरिकाले सामाजिक दुरी कायम गरेर यतिबेला प्रशिक्षणमा फर्किएका छन् । सोमबार कीर्तिपुर क्रिकेट मैदानमा पुग्दा पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी अभिनाश बोहोरा प्रशिक्षण गरेको पाइयो ।

उनले सामाजिक दुरी कायम राख्दै एक अर्कालाई सहयोग गरिरहेका थिए ।

इन्डोरमा ब्याटिङ र नेटमा अभ्यास गरिरहेका पाँचै जनामा लकडाउनपछि प्रशिक्षण गर्न पाउँदाको खुसी देखिएका थिए । अब विस्तारै काठमाडौंमा रहेका क्रिकेटर आफ्नो फिटनेस र प्रशिक्षणका लागि ब्यक्तिगत रुपमा फर्किने क्रम बढेको छ ।

क्यानले पनि खेलाडीको प्रशिक्षणका लागि असार १५ सम्म सरकारको निर्णय कुर्ने बताएको छ । त्यसपछि १५ देखि २० जना राष्ट्रिय खेलाडीलाई राखेर क्यान सुरु गर्ने बताएको छ ।

क्रिकेटमा अहिलेको समय अफ सिजन मानिने गरेको छ । तर कोरोनाका कारण क्रिकेट हुने समयमा पनि कुनै प्रतियोगिता हुन सकेनन् । जसका कारण खेलाडीलाई पनि समस्या भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest