इंग्ल्याण्डद्वारा ३० जनाकाे टिम घाेषणा

वेस्टइण्डिजविरुद्धको टेस्ट सिरिजका लागि इंग्ल्याण्डले ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ ।

८ जुलाईदेखि शुरुहुने टेस्ट सिरिजका लागि वेस्टइण्डिजको टिम इंग्ल्याण्ड आइसकेको छ । यस्तोमा इंग्ल्याण्डले पनि आफ्ना खेलाडीहरुको समूहमा प्रशिक्षण गराउन टिम घोषणा गरेको हो ।

टिममा मोइन अलीले कमब्याक गरेका छन् । इंग्ल्याण्ड टिमले २३ जुनदेखि एसेज बाउलमा अभ्यास शुरु गर्ने छ । इंग्ल्याण्ड क्रिकेट बोर्डले अभ्यासका लागि ८ जना अनक्याप्ड खेलाडीलाई पनि समावेश गरेको छ ।

१ जुलाईमा तीन दिवसीय अभ्यास म्याच पछि इंग्ल्याण्डले टेस्ट टिमको घोषणा गर्ने जनाइएको छ ।

इंग्ल्याण्डको टिम

मोईन अली, जेम्स एंडरसन, जोफ्रा आर्चर, जोनाथन बेयरेस्टो, डोमिनिक बेस, जेम्स ब्रेसी, स्टुअर्ट ब्रॉड, रोरी बर्न्स, जोस बटलर, जैक क्राउली, सैम करन, जो डेनली, बेन फोक्स, ल्युइस ग्रेगरी, कीटन जेनिंग्स, डैन लॉरैंस, जैक लीच, साकिब महमूद, क्रेग ओवरटन, जेमी ओवरटन, मैथ्यू पर्किन्सन, ओली पोप, ओली रॉबिन्सन, जो रूट, डॉम सिब्ली, बेन स्टोक्स, ओली स्टोन, अमर विरदी, क्रिस वोक्स र मार्क वुड।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest