फिक्सिङमा नयाँ कानुन बन्दै पाकिस्तानमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान क्रिकेट बोर्डको म्याच फिक्सिङको नयाँ नियमलाई संसदबाट पारित गरिने भएको छ । अब पाकिस्तानमा म्याच फिक्सिङ गरेमा त्यसलाई अपराध मानिने भएको छ ।

केहि दिन अगाडी पीसीबीका प्रमुख एहसान मनीले म्याच फिक्सिङलाई अपराधका रुपमा कानुन बनाउन प्रस्ताव गरेका थिए । यसले खेलाडीमा डर पैदा हुने भनिएको थियो । जसलाई इमरानले संसदबाट पारित गराउने बताएका छन ।

सो कानुनमा अब पाकिस्तानमा म्याच फिक्सिङमा संलग्न भएको कोहि पनि ब्यक्ति भटिएमा उसलाई नियम अनुसार सरकारले नै कारवाही गर्नपाउने भएको छ ।

प्रधानमन्त्रीले अन्य मन्त्रालयबाट नयाँ नियम लागु गर्नका लागि क्लियर गराउन भनेकाछन । जसका कारण संसदमा यो प्रस्तावलाई पेस गरेर पारित गर्न सकिने भएको छ ।

नयाँ नियम आएपछि फिक्सिङमा पर्नेहरुलाई जेल सजायपनि हुनेछ । उनीहरु सम्पत्तीपनि जफत गरिन सकिने बताइएको छ । पाकिस्तानमा अहिलेसम्म म्याच फिक्सिङको बारेमा कुनै कानुन छैन, पछिल्लो पटक विश्व क्रिकेटमा म्याच फिक्सिङ गर्ने धेरै खेलाडीमा पाकिस्तानबाट छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest