नेपाली राष्ट्रिय टिमकाे प्रशिक्षक अब काे त ?

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा आउन तयार रहेको भनिएका भारतीय प्रशिक्षक लालचन्द राजपुतले जिम्बावेसँगको सम्झौता एक बर्ष लम्ब्याएका छन ।

जिम्बावे क्रिकेट बोर्डले राजपुतसँग मुख्य प्रशिक्षकका रुपमा एक बर्षको समय थपेको जनाएको छ । ५८ बर्षे राजपुतले अगष्टमा जिम्बावेसँगको सम्झौता तोड्ने बताएपनि अन्तिम समयमा उनले फेरी बोर्डसँग एक बर्षको सम्झौता गरेका छन । यसका कारण अब नेपालको प्रशिक्षकमा काे  आउँछ भन्ने ठुलो प्रश्न खडा भएको छ ।

केहि समय अगाडी नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लालचन्द नेपाल आउन तयार रहेको बताएका थिए । उनले राजपुत नेपाल आउने इच्छुक रहेको र सेप्टेम्बरसम्म कुनै प्रशिक्षक नियुक्त नगर्न सुझाव दिएको समेत बताएका थिए ।

राजपुतले जिम्बोवसँग सुरुवातमा गरेको मौखिक सम्झौतालाई अब पेपरमा पुरा गरेका छन । उनले तीन बर्ष जिम्बावे क्रिकेटसँग काम गर्ने भनेर भनेको भनाईलाई सार्थक पारेका छन । अब जिम्बावेसँग उनको सम्झौता २०२१ को सेप्टेम्बरमा सकिनेछ ।

राजपुतले जिम्बावे बोर्डसँग एक बर्षका लागि सम्झौता गरेको र बोर्डबाट बाहिर जाने कुने मनसाय नभएको बताए । मार्च महिनामा लकडाउन सुरु भएपछि उनी भारतमा नै रहेका छन । तर अब जिम्बावे बोर्डले उनलाई चाँडो भन्दा चाँडो हरारे फर्काएर क्रिकेट टिमको प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ । जिम्बावेले जुलाई वा अगष्टमा अफगानिस्तानसँग खेल्ने योजना रहेको छ ।

राजपुतले जिम्बावेसँग सम्झौता गरेपनि अब नेपालको प्रशिक्षकका रुपमा को आउछ भन्ने फेरी प्रश्न खडा भएको छ । यस्तैमा क्यानले कुरा गरेका अर्का प्रशिक्षक मिथुन मन्हासको संभावना पनि रहेको छ । तर उनीसँग राजपुत सकारात्मक देखिएपछि केहि कुरा नभएको स्रोतले बताएको छ ।

जिम्बावेले आफ्नो खेलाडीलाई कोरोनाको परिक्षण गरेर नेगेटिभ आएपछि प्रशिक्षणमा फर्काइसकेको छ । हाल ३७ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन । जिम्बावेले अफगानिस्तानसँगको सिरीजका लागि सरकारको स्विकृती कुरीरहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest