गांगुलीको दाईको परिवारमा कोरोना संक्रमण

भारतीयक्रिकेट बोर्ड बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीको परिवारका चार सदस्यमा कोरोना पोजेटिभ देखिएको छ ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान गांगुलीको परिवारका चार जनामा कोरोना देखिएको छ । जसमा बंगाल क्रिकेट संघका सचिव तथा सौरभका दाई स्नेहाहासिस गांगुली र उनकी श्रीमतीमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै गत साता स्नेहासिसका सुसुरा र सासुमा पनि कोरोना देखिएको हो ।

चारै जनाको श्वास्थ्यमा समस्या आएपछि कोरोनाको परिक्षण भएको थियो, जसमा उनीहरुमा पोजेटिभ देखिएको हो । उनीहरु गांगुली बस्ने घर भन्दा अर्को घरमा बसिरहेका थिए । उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि चारै जना निजी नर्सिङ घरमा सरेका छन ।

उनीहरु अहिले आइसोलेसनमा रहेको र दोस्रो परिक्षण भएपछि उनीहरुलाई के गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको छ ।

बीसीसीआईका अध्यक्षले केहि समय अगाडी क्रिकेटलाई चाँडै सुचारु गर्ने बताएका थिए । तर अब उनकै परिवारमा कोरोना पोजेटिभ देखिएपछि उनलाई ब्यक्तिगत दबाव बढेको बताइएको छ ।

क्रिकेट सुचारुका लागि भ्याक्सिनको जरुरी रहेको बताएका थिए । यसको उपचार नै आफ्नो ख्याल आफैले गर्ने रहेको गांगुलीले बताएका थिए ।
उनको परिवारका चार जनामा पोजेटिभ देखिएपछि गांगुलीले पनि सचेतना अपनाएको बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest