इंग्ल्याण्डद्वारा दोस्रो चरणमा ३० खेलाडी छनोट

इंग्ल्याण्डले दोस्रो चरणमा ३० खेलाडीलाई छनोट गरेको छ । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले दोस्रो चरणमा छनोट गरेका गरेका खेलाडीविच सामुहिक प्रशिक्षण गराउने भएको छ ।

पहिलो चरणमा ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको इंग्ल्याण्डले केहि अनुभवी खेलाडीलाई बाहिर राखेको थियो । जसमा प्लंकेट एक जना रहेका थिए । दोस्रो चरणमा छनोट भएको खेलाडीमा आठ जना नयाँ रहेका छन ।

बोर्डले दोस्रो चरणमा छनोट गरेका खेलाडीबिच केहि अभ्यास खेल खेलाउने भएको छ, त्यसपछि अन्तिम चरणको टिम सार्वजनिक गर्नेछ । इंग्ल्याण्डले कोरोनाका बन्द भएको क्रिकेटलाई जुलाईबाट सुरु गर्ने भएको छ ।

जसअन्तर्गत वेष्ट इन्डिजविरुद्ध तीन टेष्टको सिरीज खेल्नेछ । यो सिरीजका लागि वेष्ट इन्डिज टिम इंग्ल्याण्ड आइसकेको छ । उनीहरुले १४ दिनको क्वारेन्टिन बिताइरहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest