आइपीएलको मुख्य प्रायोजकको सम्झौता रिभ्यु गरिने

भारत र चीनकाे सिमाकाे विवादकाे असर यतिबेला भारतमा नराम्राेसँग परेकाे छ । भारतमा यतिबेला चीनीया कुनैपनि चिजकाे प्रयाेगमा प्रतिबन्ध लगाउने अभियान नै चलाएकाे छ ।

यस्तैमा भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईपीएल प्रायोजका रुपमा रहेकाे चीनीया कम्पनी भिभाेकाे रिभ्यु गर्ने भएको छ ।

बोर्डले शुक्रबार गरेको ट्विटमा लद्दाखमा चिनियाँ सेनासँगको हिंसात्मक भिडन्तमा हाम्रा सैनिक शहीद भएकाे र यस विषयलाई ध्यानमा राख्दै आईपीएलको नियामक काउन्सिलले प्रायोजन सम्झौताको समीक्षा गर्न अर्को साता बैठक बोलाएको भनेर लेखिएकाे छ ।

बैठकमा चिनियाँ कम्पनी भिभोसँग गरिएको सम्झौताको बारेमा निर्णय हुनेछ । आईपीएलकाे मुख्य प्रायोजक भिभोले बीसीसीआईसँग सन् २०२२ सम्मका लागि ५ वर्षको सम्झौता गरेको छ । जसअन्तर्गत भिभोले बीसीसीआईलाई वार्षिक ४४० करोड भारतिय रुपैयाँ दिँदै आएको छ । यस बैठकमा २०२२ सम्म भीभोसँग सम्झौता गर्ने कि नगर्ने वा वर्तमान परिस्थितिमा सम्झौता रद्द गर्ने भन्नेमा निर्णय हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest