एक दशकमा नेपालले टेष्ट खेलेकाे हेर्न मन छ-पारस

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाल टेष्ट देश बन्नका लागि अझै १० देखि १२ बर्ष लाग्न सक्ने बताएका छन ।

नेपालले यदि सिस्टममा काम गरेमा र त्यहि अनुसार घरेलु संरचनामा काम गरेमा १० देखि १२ बर्षमा टेष्ट देश बन्न सक्ने बताएका छन । तर त्यसका लागि आइसीसीको कस्तो नियम बन्छ त्यसमा पनि भरपर्ने बताएका छन ।

भारतीय पूर्व क्रिकेटर आकाश चोपडासँगको कुराकानीमा पारसले नेपाल समर्थकका आधारमा नेपाल उत्कृष्ट टिम रहेको, विश्वमा जतिपनि समर्थकका हिसावले राम्रो मानिएका देश छन, उनीहरुलाई पनि नेपालले फ्यान बेसका हिसावले पछि पारेको तथ्यांक पनि रहेको बताए ।
आफुले पनि नेपाललाई टेष्ट देश भएको हेर्न चाहेको तर त्यो बेलासम्म आफु खेलाडी भएर नहुँला, त्यहिपनि आफ्नो तर्फबाट कुनै किसिमको सहयोग गर्न सकेमा गर्न तयार रहेको बताए ।

तर यसका लागि धेरै मेहेनत र योजना गर्नुपर्ने बताए । हामीले टी २० विश्वकप खेल्छ भनेर नपत्याएको बेला खेल्यो, अहिले एकदिवसिय मान्यता पाउन सफल भयो । अब टेष्ट देश बन्ने सपना हो, तर त्यसका लागि मैदान भित्र खेलेर मात्र हुदैन, मैदान बाहिरपनि त्यहि अनुसारको सिस्टम बन्नुपर्छ ।

नेपाल यस्तो ठाँउमा रहेको छ, जहाँ छिमेकी देशहरु क्रिकेटका पावरहाउस रहेका छन, हामीले ती देशको पनि सहयोग लिनसक्नेमा जिकिर गरे । उनीहरुसँग राम्रो सम्बन्ध बनाएर मैत्रीपुर्ण खेलका लागि र प्रस्ताव गर्दा निकै राम्रो हुने बताए ।

यसका साथै पारसले आकाशसँग कप्तान छोड्नुको कारणका बारेमा पनि बोलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest