पाकिस्तानका तीन जना खेलाडीलाई कोरोना संक्रमण

पाकिस्तानका तीन जना खेलाडीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । पाकिस्तान क्रिकेट बोर्डले सोमबार दिएको जानकारी अनुसार हैदर अली, हरिस रउफ र शदाब खान रहेका छन् ।

रावलपिन्डीमा गरिएको कोरोना टेस्टमा पोजेटिभ नतिजा आएको हो । तर उनीहरुमा अहिलेसम्म कुनै पनि लक्षण भने देखिएको छैन । पाकिस्तानी टिम इंग्ल्याण्ड भ्रमणमा जाने भएकाले कोरोना टेस्ट गरिएको थियो । गत साता पनि पाकिस्तानका पूर्व खेलाडी शाहिद अफ्रिदीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

पाकिस्तानी टिम जुन २८ तारिखमा इंग्ल्याण्ड जाँदै छ । तीन टेस्ट र तीन टी २० सिरिज खेल्ने तालिका रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest