पाकिस्तान क्रिकेट टिमका १० जनामा काेराेना

पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका थप सात जना खेलाडीमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । यस अघि तीन खेलाडीमा भाइरस संक्तमण पुष्टि भएको थियो ।

पकिस्तान क्रिकेट बोर्डले दिएको जानकारी अनुसार आज पोजेटिभ नतिजा आउनेमा फाखर जमान, इमरान खान, कासिफ भाटी, मोहम्मद हाफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वाहब रियाज छन ।

हिजो सादब खान, ह्यारिस रौफ हैदर अलीमा संक्तमण देखिएको थियो । क्रिकेट बोर्डले लोहोरमा खेलाडी र पदाधिकारीको कोरोना भाइरस परिक्षण गरेको थियो । जसमा दश खेलाडी सहित २५ जनामा भाइरस पोजटिभ देखिएको छ ।

पाकिस्तानले यो महिनाको अन्तितमा इङल्यान्डमा गएर अभ्यास गर्ने योजना रहेको थियो । तर दश खेलाडीको नतिजा पोजेटिभ आएपछि इङल्यान्ड भ्रमण अन्यौल बनेको छ । यस विषयमा बोडृले भने केही बताएको छैन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest