सिपीएलकाे ड्राफ्ट आज, सन्दिपकाे मुल्य ९० हजार डलर

नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले खेल्दै आएको प्रतियोगिता सिपीएलको २०२० को ड्राफ्ट आज हुँदैछ । यसअघि सबै टिमको सहभागिता रहेर हुने गरेकोमा यसपटक भर्चुअलबाट ड्राफ्ट हुने भएको छ । जसमा पाँच सय ३७ खेलाडी समावेश गरिएको छ ।

अघिल्लो सिजन क्यारेयिन प्रिमियर लिग खेल्दा ६० हजार अमेरीकी डलर पाएका सन्दिले यसपटक आफ्नो मुल्य एक करोड राखेका छन ।

अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने प्रतियोगिताका लागि केहि विदेशी खेलाडी यसअघि नै विभिन्न टिममा अनुबन्ध भइसकेका छन । जसमा रासिद खान, क्रिस लिन, राइली रुसोलाई टिमले किनिसकेका छन ।

ड्राफ्टमा विदेशी खेलाडीको सूचीमा सर्वाधिक महंगोमा पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी रहेका छन । उनको मुल्य एक लाख ५० हजार डलर तोकिएको छ । यस्तै इंग्ल्याण्डका इयान मोगर्नको एक लाख ३० हजार मुल्य रहेको छ । नेपाली खेलाडी सन्दिप लामिछानेको मुल्य ९० हजार अमेरीकी डलर राखिएको छ ।

यो सूचीमा अफगानिस्तानका मोहम्मद नाबी, मुजिब उर रहमान, डेविड मिलर, फाफ डु प्लिसिस रहेका छन ।

कोरोना भाइरसका कारण यसपटक सीपीएलले अघिल्लो सिजनको तुलनामा खेलाडीको रकममा ३० प्रतिशत कटौती गरेको बताइएको छ । एक लाख ३० हजार देखि एक लाख ६० हजार रुपैयाँ मुल्य राखिएका खेलाडीले पाउने रकम कम हुने भएको छ । जसका कारण क्रिस गेलले यो सिजन नखेल्ने बताएका छन ।

प्रतियोगितामा सहभागि ६ वटा टिमका स्टाफहरुले आफुले पाउने रकम कटौतीमा सहमति जनाइसकेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest