एमसीसीकाे नयाँ अध्यक्ष इंग्ल्याण्डकी पूव कप्तान क्लारी

विश्व क्रिकेटको पुरानो क्लव मेर्लीबोन क्रिकेट क्लवको नयाँ अध्यक्षमा क्लारी कोनोर हुने भएकी छिन । क्लारी मेर्लीबोन क्लवको इतिहासमा पहिलो महिला अध्यक्ष हुने भएकी हुन ।

बुधबार भएको साधारण सभाले क्लारी क्लवको अर्को अध्यक्ष हुने पक्का गरेको हो । इंग्ल्याण्ड क्रिकेट बोर्डकी प्रवन्ध निर्देशक रहेकी क्लारीले सन् २०२१ को अक्टोबर एक तारिखबाट आफ्नो जिम्मेवारी सम्हाल्नेछिन । त्यो बेलासम्म श्रीलंकन पूर्व खेलाडी कुमार सांगाकार अध्यक्ष छन ।

क्लवको २३३ बर्षको इतिहासमा पहिलो पटक मेर्लीबोनमा महिलाले नेतृत्व गर्ने मौका पाएकी छिन । उनी क्लवको सदस्यताका लागि कुरिरहेकी छिन । साधारण सभाले सांगाकारालाई बाँकी थप १२ महिना अध्यक्षमा राख्न राजि भएको छ । कोरोनाका कारण पनि सांगाकारलाई थप समय दिइएको हो ।

एमसीसीको अध्यक्ष हुने भएपछि क्लारीले आफु निकै भाग्यमानी रहेको बताएकी छिन । उनले नौ बर्षको उमेरमा पहिलो पटक लर्डसमा पुगेको सम्झिदै, यो जिम्मेवारी आफ्ना लागि निकै गर्वको महसुस हुने कुरा रहेको बताइन ।

क्लारीले १९९५ मा १९ बर्षको उमेरमा अन्तराष्ट्रिय स्तरमा डेब्यु गरेकी थिइन । उनले सन् २००० मा इंल्याण्डको कप्तानी गरेकी थिइन । त्यो बर्ष उनले अष्ट्रेलिया विरुद्ध लर्डसमा कप्तानी गरेकी थिइन । अलराउण्डर क्लारीले सन् २००५ मा महिला एसेसको उपाधि दिलाएकी थिइन । जुन ४२ बर्षपछि इंग्ल्याण्डले जितेको उपाधि थियो ।

उनी सन् २००९ मा एमसीसीको आजिवन सदस्य पाउने खेलाडी बनेकी थिइन । उनी सन् २०११ मा आइसीसी महिला क्रिकेट कमिटीको प्रमुख भएर काम गरेकी थिइन । त्यसअघि सन् २००७ मा इंग्ल्याण्ड क्रिकेट बोर्डले उनलाई महिला क्रिकेट प्रमुखमा नियुक्त गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest