काे बन्ला आइसीसीकाे नयाँ अध्यक्ष ?

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको अध्यक्ष पदका लागि सौरभ गांगुली र इंग्ल्याण्डका कोलीन ग्रेब्सविच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

विहिबार राति भएको भिडियो कन्फ्रेन्स बैठकबाट अध्यक्षको निर्वाचनका लागि अर्को साताबाट मनोनयन प्रक्रिया सुरु हुने निर्णय गरेको छ । हालका अध्यष शशांक मनोहरको कार्यकाल सकिएको र नयाँ अध्यक्षका लागि बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र ग्रेब्स विच प्रतिस्पर्धा हुनेछ ।

यता शशांकपनि आफ्नो कार्यकाल बढोस भन्ने चाहिरहेका छन । तर आइसीसीको बैठकले नयाँ अध्यक्षका लागि चुनावबाट छानिने बताएको छ ।
आइसीसीको चुनावी प्रक्रियाका विषयमा सबै सदस्यहरुले सहमति जनाएका छन ।

जसमा नयाँ अध्यक्षका लागि इंग्ल्याण्ड बोर्डका प्रमुख कोलिन ग्रेब्सको नाम अग्र स्थानमा रहेको छ । यस्तै बीसीसीआईका अध्यक्ष गांगुलीको पनि दावेदारीता हुनेछ । तर बीसीसीआईका पदाधिकारीले गांगुली आइसीसीको अध्यक्षका लागि लड्ने मुडमा नभएको बताएका छन ।

यस्तै पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनीले पनि आफ्नो दावेदारीता दिने संभावना रहेको छ ।

अहिलेका अध्यक्ष मनोहर सन् २०१६ मा पहिलो पटक आइसीसीको अध्यक्ष बनेका थिए । तर २०१७ को मार्चमा उनले ब्यक्तिगत कारणले राजिनामा दिएका थिए । तर २०१८ मा उनी दुई बर्षको लागि फेरी अध्यक्ष बनेका थिए ।

यस्तै सबै भन्दा चासोको विषय टी २० विश्वकपको विषयमा भने आइसीसीले कुनै निर्णय गर्न सकेको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest