२०११ काे फाइनल फिक्स भएकाेमा बुझाए २४ वटा कारण

सन् २०११ को विश्वकपमा फिक्सिङ भएको भन्ने आरोप लगाएका श्रीलंकाका पूर्व खेलमन्त्री महिंदानन्द अल्थगामागेले नौ पेज लामो प्रतिबेदन बुझाएका छन । त्यसमा २४ वटा कारणहरु देखाइएको छ ।

फाइनलमा भारतसँग पराजित हुँदा त्यो बेला श्रीलंकाको खेलमन्त्री रहेका अल्थगामागेले अहिले आएर फाइनल खेल बेचेको आरोप लगाएका थिए । त्यसमा उनको आलोचना भएपछि पछिल्लो पटक उनले २४ वटा विभिन्न कारणहरु सहिद अनुसन्धानका लागि भनेर बुझाएका छन ।

उनको यो आरोपलाई श्रीलंकाका पूर्व खेलाडीहरुले खण्डन गरेका छन । तर यसमा श्रीलंकन सरकारले अनुसन्धानका लागि कमिटी बनाउने तयारी गरेको छ ।

उनले यो बिषयमा जस्तो बहस गर्नपनि तयार रहेको बताएका छन । उनले मिलोमतोको कुरा हचुवाको भरमा नभनेको र जस्तो सुकै बहस गर्न तयार रहेको बताएका छन । उनले यो मामलामा क्रिकेटरलाई समावेश नगर्ने, तर अरु ब्यक्ति फिक्सिङमा समावेश रहेको बताए ।

२८ बर्षपछि विश्वकपको उपाधि जितेको भारतले फाइलनमा श्रीलंकालाई ६ विकेटले हराएको थियो ।

यो बिषयमा आइसीसीले पनि अनुसन्धान गरिरहेको जनाएको छ । आइसीसीले श्रीलंकाका पूर्व तीन खेलाडीमा अनुसन्धान भइरहेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest