इंल्याण्ड र वेष्ट इन्डिजकाे खेलमा सिमित दर्शक प्रवेश गराइने

इंल्याण्ड र वेष्ट इन्डिज विचको टेष्ट सिरीजका बेला सुर्रे क्रिकेट क्लवले चार सय ५० जना दर्शकलाई मैदानमा प्रवेश गराउने भएको छ ।

इंग्ल्याण्डमा यसरी दर्शकलाई मैदानमा प्रवेश गराउने पहिलो ब्यवसायीक क्लव हुनेछ ।

किया ओभल मैदानमा वेष्ट इन्डिजसँगको टेष्टका बेला ४५० दर्शकलाई टेरेस बारमा बसेर हेर्न अनुमति दिने भएको छ ।

क्लवले समर्थकका लागि खेल सुरु हुन भन्दा आधा घण्टा अगाडी त्यो स्थानमा जानका लागि गेट खोल्ने छ ।

१८४५ मा निर्माण गरिएको टेरेस बारमा दर्शकले सामाजिक दुरी कायम गरेर हेर्न पाउने भएका छन ।

तर ४५० जना भन्दा बढिलाई अनुमती नदिने भएको छ । यस्तै क्लवले अर्को महिना दुई दिवसिय क्रिकेट अन्तर्गत मिडिलसेक्सविरुद्ध खेल्ने बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest