हाफिजमा दाेस्राे पटकपनि काेराेना पाेजेटिभ

पाकिस्तानी क्रिकेट खेलाडी मोहम्मद हाफिजमा दोस्रो पटक गरिएको कारोना परिक्षण पनि पोजेटिभ आएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले दोस्रो चरणमा गरेको परिक्षणमा हाफिजको पोजेटिभ आएको बताएको छ । पहिलो चरणमा १० खेलाडीमा कोरोना देखिदा हाफिजपनि त्यो सूचीमा थिए ।

त्यसपछि उनले ब्यक्तिगत रुपमा परिक्षण गराएका थिए, जसमा उनको नेगेटिभ आएको थियो । जसमा बोर्डले आपत्ती पनि जनाएको थियो । पछि बोर्डले दोस्रो पटक गराउँदा फेरी उनमा पोजेटिभ देखिएको छ ।

हाफिजले बोर्डको अनुमती विना ब्यक्तिग रुपमा पीसीआर परिक्षण गरेको भन्दै बोर्डले उनलाई कारवाहि गर्न सक्ने बताएको छ ।

इंग्ल्याण्डमा सिरीज खेल्ने तयारीमा रहेका बेला कोरोना देखिएपछि उनी तत्कालका लागि जान नपाउने भएको छन । पाकिस्तान टिम कोरोना देखिएका खेलाडीलाई छोडेर आइतबार इंग्ल्याण्ड जानेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest