पाकिस्तानका ६ खेलाडी काेराेना मुक्त

पाकिस्तान क्रिकेट टिममा एकै पटक १० जना खेलाडीमा देखिएको कोरोना संक्रमण दोस्रो चरणमा ४ जनामा मात्र देखिएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले पहिलो चरणमा संक्रमित देखिएकाको दोस्रो पटक परिक्षण गरेको थियो । जसमा ६ जनाको रिजल्ट नेगेटिभ आएको छ ।

दोस्रो पटक परिक्षण गर्दा नेगेटिभ देखिएने खेलाडीमा मोहमद हसनैन, सादव खान, फकर जमान, मोहमद रिजवान, मोहमद हाफिज र वाहब रियाज रहेका छन् ।

यस्तै दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिनेमा इमरान खान, कासिफ भाटी, हेदर अली र हरिस राउफ रहेका छन् ।

पाकिस्तान क्रिकेट टिम आइतबार (भोली) इंग्ल्याण्ड प्रस्थान गर्नेछ । इंग्ल्याण्ड विरुद्धको सिरीजका लागि करिव एक महिना अगाडी नै इंग्ल्याण्ड जान लागेको पाकिस्तान क्रिकेट टिममा पहिलो चरणमा १८ जना म्यानचेस्टर जाने भएका छन । यो टिममा रहेका तर कोरोना पोजेटिभ देखिएका १० खेलाडीलाई तत्काल भ्रमण गर्न निषेध गरिएको छ ।

पोजेटिभ देखिएको खेलाडीलाई भ्रमण गर्न फेरी नेगेटिभ रिजल्ट आउनुपर्ने हो की होइन भन्ने खुलाइएको छैन । तर तत्कालका लागि उनीहरु इंग्ल्याण्ड जान पाउने छैनन् ।

पाकिस्तान क्रिकेट टिमले २८ जना खेलाडी इंग्ल्याण्ड पठाउने भन्ने योजना तत्कालका लागि अवरुद्ध भएको छ । पहिलो चरणमा पोजेटिभ देखिएका तर दोस्रो चरणमा नेगेटिभ देखिएका दुई जना खेलाडी र एक जान स्टाफ भने १८ खेलाडीसँगै इंग्ल्याण्ड जाने भएका छन ।

पाकिस्तान क्रिकेट बोर्डले सोमबार फेरी पोजेटिभ देखिएको खेलाडीको परिक्षण गर्ने भएको छ । त्यसमा उनीहरु पोजेटिभ देखिएमा कमर्सियल फ्लाइटबाट उनीहरु इंग्ल्याण्ड जानेछन ।

इंग्ल्याण्ड पुगेपछि सबै खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिनेछ । त्यसमा उनीहरुको पीसीआर परिक्षण हुनेछ । टिमका १० खेलाडीमा कोरोना देखिएपछि पीसीबीले बैकल्पिक खेलाडीमा रहेका पाँच जनालाई बोलाएको छ । उनीहरुको पनि परिक्षण गरेको छ । त्यसको नतिजा आज आउने छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले पाकिस्तानी खेलाडीलाई लानका लागि विशेष विमान चार्टड गरेर पठाउने छ । जसका खर्चमात्र पाँच करोड रुपैयाँ रहेको छ । पाकिस्तान टिमको सबै खर्च इंग्ल्याण्ड बोर्डले ब्यहोर्ने भएको छ । पाकिस्तान टिममा १८ खेलाडी र ११ जना अफिसियल आइतबार इंग्ल्याण्ड जानेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest