इंग्ल्याण्ड भ्रमणमा पाकिस्तानका २० खेलाडी जाने

पाकिस्तान क्रिकेट टिमले इंग्ल्याण्ड भ्रमणमा २० खेलाडी पठाउने भएको छ । पीसीबीले अजहर अलीको कप्तानीमा टिमको घोषणा गरेको हो । जसमा उपकप्तानको जिम्मा बाबर अजामलाई दिएको छ ।

आइतबार इंग्ल्याण्ड जाने पाकिस्तान टिममा यसअघि १८ जनालाई पठाउने बताइएको थियो । तर अन्तिम समयमा दुई जना थपेको हो ।

विमान चार्टड गरेर इंग्ल्याण्ड जाने पाकिस्तानी टिमले म्यानचेस्टरमा १४ दिनको आइसोलेसन समय विताउनेछ । त्यसपछि टिमले त्यहि प्रशिक्षण गर्नेछ ।

पाकिस्तान र इंग्ल्याण्ड विच तीन टेष्ट र टी टी २० सिरीज हुनेछ । जुन जुलाई ३० बाट सुरु हुनेछ । पाकिस्तान क्रिकेट बोर्डले घरेलु भूमीमा कोरोनाको जोखिम भएकाले खेलाडीलाई प्रशिक्षण नै नगराई इंग्ल्याण्ड पठाउन लागेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest