पाकिस्तान टिम इंग्ल्याण्ड प्रस्थान

पाकिस्तानी क्रिकेट टोली सिरिज खेल्न इंग्ल्याण्ड प्रस्थान गरेको छ । क्रिकेट टिमका २० जनासहित टोली आइतबार पाकिस्तानको लाहोरबाट म्यानचेस्टर प्रस्थान गरेको हो । टिम आफ्ना १० जना खेलाडी बिना नै इंग्ल्याण्ड उडेको हो ।

पाकिस्तानी टिम रहेका बाँकी दश खेलाडीमा भने कोरोना भाइरसको संक्रमण देखिएकाले सबै खेलाडी एकै पटक इंग्ल्याण्ड जान नपाएका हुन् । इंग्ल्यान्ड र पाकिस्तानबीच आगामी अगस्ट र सेप्टेम्बरमा ३ टेस्ट र ३ टी-२० सिरिज हुँदैछ ।

टिममा रहेका हैदर अली, सादब खान, हरिस रउफ, कासिफ भाटी, मोहमद हस्नइन, फखर जमान, मोहमद रिजवान, मोहमद हफिज, वाहब रियाज र इमरान खानलाई इंग्ल्याण्ड उड्नुअघि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यी मध्ये ६ जनाको दोस्रो परीक्षणमा नेगेटिभ देखिएको छ । हफिज, रियाज, जमान, शादब खान, मोहमद रिजवान र मोहमद हस्नइनको दोस्रो परीक्षणमा नेगेटिभ देखिएको हो । कासिफ भाटी, हरिस राउफ, हैदर अली र इमरान खानको भने दोस्रो परीक्षण पनि पोजिजेटिभ देखिएको छ।

कोरोना लागेका खेलाडी इंग्ल्यान्ड जान योग्न हुन २ पटक नेगेटिभ नतिजा आउनु पर्नेछ । पाकिस्तानले बाँकी रहेका खेलाडीको इंल्यान्ड भ्रमण तालिका पछि सार्वजनिक गर्ने जनाएको छ ।

आइतबार इंल्याण्ड गएका पाकिस्तानका खेलाडी अब १४ दिनको आइसोलेसनमा बस्ने छन् । त्यसपछि टिमले अभ्यास थाल्नेछ । इंग्ल्याण्डविरुद्ध खेल्नुअघि टिमले ४ वटा आन्तरिक वार्मअप खेल खेल्नेछ ।

इंग्ल्याण्ड-पाकिस्तानबीचको पहिलो टेस्ट म्यानचेस्टरमा अगस्टमा हुने बताइएको छ । दर्शकबिनाको मैदानमा हुने खेल तालिका प्रकाशन हुन बाँकी छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest