पहिलाे टेष्ट रुटले नखेल्ने, स्टाेक नयाँ कप्तान

वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा इंग्ल्याण्ड टिमको कप्तानी बेन स्टोकले गर्ने भएका छन । उनले इंग्ल्याण्डका लागि पहिलो पटक कप्तान गर्न लागेको हो ।

अर्को साता सुरु हुने पहिलो टेष्टमा इंग्ल्याण्डले नियमित कप्तान जोय रुटलाई टिममा नराखेपछि स्टोकलाई कप्तानीको जिम्मा दिएको छ । रुटकी श्रीमतीले दोस्रो बच्चा जन्माउने बेला परेकाले उनले पहिलो टेष्ट नखेल्ने भएका हुन ।

उनले श्रीमतीको डेलिभरीका लागि सेफिल्डको एक अस्पताल बुक गरेका छन । तर नियम अनुसार सो अस्पतालबाट निस्किएपछि एक साताको आइसोलेसनमा समय विताउनु पर्नेछ । जसका कारण वेष्ट इन्डिजसँगको पहिलो टेष्ट नखेल्ने पक्का भएको छ ।

इंग्ल्याण्ड र वेष्ट इन्डिज विचको पहिलो टेष्ट जुलाई आठ तारिखमा सुरु हुँदैछ । रुट नहुने भएपछि लगातार इंग्ल्याण्डका लागि खेल्ने रेकर्डमा ब्रेक लाग्ने भएको छ । रुटले अहिलेसम्म लगातार ७७ खेलमा टिमबाट खेलेका थिए । यसअघि पूर्व कप्तान एलेस्टर कुकुले लगातार एक सय ५९ खेल खेल्दै कीर्तिमान बनाएका थिए ।

स्टोकका लागि कप्तानीको जिम्मेवारी नयाँ चुनौती हुनेछ । सन् २००८ मा डरहाम एकेडेमीमा कप्तानी गरेपछि उनले यो मौका पाएका छैनन् । रुट दोस्रो टेष्ट सम्मका लागि तयार हुने अपेक्षा गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest