क्यानले थप्यो बिभिन्न समितिमा सदस्यहरु

नेपाल क्रिकेट संघ क्यानले आफु मातहतमा गठन भएका विभिन्न समितीलाई पुर्णता दिएको छ । जसमा नयाँ कार्यसमिती आएपछि बसको पहिलो बोर्ड बैठकले गठन गरेका चार वटा कमिटीमा केहि सदस्यहरु थपेको छ ।

क्यानले लामोसमयकाे विचारपछि चार वटा कमिटीमा सदस्यहरु थपेको छ । क्यान भित्र र बाहिर रहेका क्रिकेटलाई सहयोग गर्नेब्यक्तिहरुलाई क्यानले यसपटक विभिन्न समितीमा ल्याएको छ ।

जसमा मिडिया कमिटीमा संयोजक सचिव अशोकनाथ प्याकुरेल थिए भने अब पत्रकार भानु सिग्देललाई सदस्यमा राखिएको छ ।

यस्तै फाइनान्स कमिटीमा संयोजक रोशनकुमार सिंह थिए भने माधव कर्माचार्य, दुर्गाराज पाठकलाई सदस्यमा राखिएको छ । माधव र दुर्गा दुबै क्यानको केन्द्रिय सदस्य हुन ।

यस्तै टेक्निकल समितीमा संञ्जयराज सिंह यसअघि संयोजक तोकिएको थियो भने अब सदस्यमा कञ्चनपुर जिल्लाका अध्यक्ष तथा क्यानका केन्द्रिय सदस्य विरेन्द्रबहादुर चन्द, यस्तै अर्का केन्द्रिय सदस्य अमितविर पाण्डे, पूर्व मुख्य प्रशिक्षक अरुनकुमार अर्याल, अम्पायर सञ्जय गुरुङलाई राखिएको छ ।

यस्तै प्रतियोगिता आयोजना समितीको संयोजकमा प्रशान्तविक्रम मल्ल थिए भने सदस्यमा केन्द्रिय सदस्यह दाउद अन्सारी, रिशीराम गौतम, विक्रम विष्ट र कैलाश विष्टलाई थपिएको छ ।

क्यानले निकट भविष्यमा अरुपनि थप कमिटी बनाउने योजना बनाएको छ । जसमा अझै केहि ब्यक्तिहरुलाई राख्ने योजना बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest