पाकिस्तान क्रिकेट टिम म्यानचेस्टरमा

इंग्ल्याण्डविरुद्धको सिरीजका लागि पाकिस्तान क्रिकेट टिम म्यानचेस्टर पुगेको छ । आइतबार राति २० जनाको पाकिस्तान टिम म्यानचेस्टर पुगेको हो ।

लाहोरबाट चार्टड फ्लाइटमा गएको पाकिस्तानी टिम सिरीज सुरु हुन भन्दा पाँच साता अगाडी इंग्ल्याण्ड पुगेको हो । पाकिस्तानले इंग्ल्याण्ड विरुद्ध वल्र्ड ट्राफोर्डबाट तीन टेष्ट सिरीजको सुरुवात गर्नेछ ।

अजहर अलीको कप्तानीमा रहेको टिममा दुई जना बैलल्पिक खेलाडी पनि गएका छन । पहिलो चरणको कोरोना परिक्षणमा पोजेटिभ आएका १० जना भने यो टिमसँग गएका छैनन् ।

म्यानचेस्टरमा पाकिस्तानी टिमले दुई साता क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसपछि उनहरुको परिक्षण हुनेछ । त्यसमा नेगेटिभ आएपछि तयारीमा लाग्नेछन । पाकिस्तानी क्रिकेट टिमले दुई महिना भन्दा बढि समय इंग्ल्याण्डमा विताउनेछ ।

पाकिस्तानले इंग्ल्याण्डसँग २०१६ मा चार टेष्ट सिरीज दुई दुईको बराबरीमा सकेको थियो । यस्तै २०१८ मा दुई टेष्टको सिरीज एक एकको बराबरीमा सकिएको थियो ।

यसपटक पाकिस्तानले तीन टेष्ट र तीन टी २० खेल्नेछ । यसपटक पाकिस्तान टिममा पूर्व खेलाडी युनिस खान ब्याटिङ प्रशिक्षकका रुपमा रहेका छन । उनका लागि पनि यसपटक टिमले राम्रो गर्नुपर्ने दबाव छ । चार टेष्टको सिरीज बराबरी गर्दा युनिसले महत्वपुर्ण भूमीका खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest