पाकिस्तानका ६ खेलाडीकाे रिपाेर्ट फेरी नेगेटिभ

पाकिस्तान क्रिकेट टिममा एकैपटक १० जना खेलाडीमा कोरोना पोजेटिभ देखिएकोमा दोस्रो चरणमा ६ जनामा नेगेटिभ देखिएको छ ।

तीन दिनमा दोस्रो पटक गरिएको परिक्षणमा फकर जमान, मोहमद हसनेन, मोहम्मद हफिज, मोहम्मद रिजवान, सदाव खान र वाहेब रियाजको रिपोर्ट नेगेटिभ आएको छ ।

पहिलो चरणको परिक्षणमा उनीहरुमा पोजेटिभ देखिएको थियो । त्यसपछि गरिएको दोस्रो चरणको परिक्षणमा नेजेटिभ आएपछि पाकिस्तान क्रिकेट बोर्डले उनीहरुको फेरी परिक्षण गरेको थियो । जसमा ६ जनाकै नेगेटिभ आएको छ ।

आफ्ना मुख्य खेलाडी कोरोना देखिएपछि पाकिस्तान क्रिकेट टिमका २० जना खेलाडी इंग्ल्याण्ड गएका छन । अब यी ६ जना खेलाडीको रिपोर्ट नेगेटिभ आएपछि इंग्ल्याण्ड भ्रमणमा जाने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest