नेपाल क्रिकेट संघ क्यानको कार्यसमितीले ९ महिनापछि पूर्णता पाएको छ । राष्ट्रिय खेलकुद परिषद्काे काेटाबाट मनाेनित हुने दुई जनाकाे नाम पठाएपछि क्यानकाे कार्यसमितीले पूर्णता पाएकाे हाे ।
परिषदबाट क्यानमा जाने दुई सदस्यमा छुम्बी लामा र धर्मराज गिरी रहेका छन् । उनीहरुलाई परिषद्ले आज (मंगलबार) आधिकारीक पत्र दिएको छ ।
पत्र पाएपछि छुम्बी लामाले लामोसमय देखि क्रिकेटमा लागेको मुल्यांकन परिषद्ले गरेको बताए । यसका साथै उनले क्रिकेट विकासमा आफ्नो समय खर्च हुने र क्रिकेटलाई राम्रो गर्नेमा ध्यान दिने बताए ।
बोर्डको सदस्य भएपछि क्रिकेटमा प्रायोजक, घरेलु क्रिकेटको बिकासमा आफूले जानेका कुरालाई बोर्डमा राख्ने र काममा सहयोग गर्ने बताए ।
पूर्व सदस्यसचिव युवराज लामाको पालामा क्यानको अध्यक्ष बनेका टंक आङबुहाङको पालामा क्यानमा प्रवेश गरेका छुम्बी लामा नेपाल क्रिकेट संघ निलम्बन हुदा पनि सक्रिय भएर काम गरेका थिए । क्यानमा भावना घिमिरे प्रमुख कार्यकारी अधिकृत हुदा उनी चिफ अपरेटिङ अफिसर भएर काम गरेका थिए ।
उनले मुलपानीको माथिल्लो मैदान निर्माणका लागि खेलाडी तथा प्रशिक्षकलाई समावेश गरेर एक समय खेल्न योग्य बनाउने गरि काम पनि गरेका थिए । तर बजेट अभावका कारण त्यो काम रोकिएको थियो । पछिल्लो पटक उनी पोखरा प्रिमियर लिगको प्रबन्ध निर्देशकका रुपमा छन् ।
धर्मराज लुम्बिनीबाट क्रिकेट खेलेका र मदनमण्डारी स्पोर्टस फाउन्डेसनको क्रिकेट विभागका उपाध्यक्ष हुन् ।
Discussion about this post