पाकिस्तानकाे सबै क्रिकेटरकाे रिपाेर्ट नेगेटिभ

इंग्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टिमको कोरोना परिक्षण गर्दा सबैको नेगेटिभ आएको छ ।

इंग्ल्याण्ड पुगेपछि गरिएको खेलाडी तथा अफिसियलको परिक्षण नेगेटिभ आएको हो । आइतबार इंग्ल्याण्डको म्यानचेस्टर पुगेको पाकिस्तानी क्रिकेट टिमको इंग्ल्याण्डको बोर्डले परिक्षण गरेको थियो ।

जसमा सबैको नेगेटिभ आएको छ । त्यसअघि पाकिस्तानमा गरिएको कोरोना परिक्षण पाकिस्तानका केहि खेलाडीमा पोजेटिभ देखिएका थियो ।

यसका साथै पाकिस्तानी क्रिकेट टिमले अभ्यासपनि सुरु गरेको छ । इंग्ल्याण्डसँग पाकिस्तानले तीन टेष्ट र तीन टी २० खेल्नेछ । सिरीज जुलाईको अन्तिममा सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest