जडेजा २१ औं सताब्दीकाे मुल्यवान खेलाडी

विज्डनले भारतीय क्रिकेटर रविन्द्र जडेजालाई २१ औं सताब्दीको मोष्ट भ्यालुएबल खेलाडी घोषित गरेको छ । यस्तै विश्वको मुल्यवान खेलाडी श्रीलंकाका पूर्व क्रिकेटर मुथैया मुरलीधरनलाई घोषणा गरेको छ ।

विन्डनले क्रिकविजको रेटिङका आधारमा खेलाडीको छनोट गरेको थियो । २०२३ मा क्रिकेटमा डेब्यु गरेका जडेजा ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन ।

यो सूचीमा तेस्रो स्थानमा अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथ, चौथो स्थानमा ग्लेन म्याग्रा, पाँचौ स्थानमा दक्षिण अफ्रिकाका सान पोलाक रहेका छन ।

३१ बर्षे जडेजाको बलिङमा औषत २४.६२ को रहेको छ । जुन शेन वार्नको भन्दापनि कम हो । ब्याटिङमा जडेजाको ३५.२६ को औषत रहेको छ ।

यस्तै सेन वाटसनको ३५.१९ को औषत रहेको छ । एकदिवसिय क्रिकेटमा मुल्यवान सूचीमा भारतीय क्रिकेटर विराट कोहलीमात्र परेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest