शशांकले दिए आइसीसीकाे अध्यक्षबाट राजिनामा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीका प्रमुख शशांक मनोहरले आफ्नो पदबाट राजिनामा दिएका छन । दुई बर्ष आइसीसीको अध्यक्ष पदमा काम गरेका शशांकले आज आफ्नो पदबाट राजिनामा दिएका छन ।

शशांकले राजिनामा दिएपछि तत्कालका लागि इमरान ख्वाजा कार्यबाहक प्रमुखको भूमीका दिइएको छ । उनी आइसीसीको अध्यक्षको अर्को निर्वाचन नहुँदासम्मका लागि काम गर्नेछन ।
आइसीसीका अध्यक्षपदका लागि मनोनयनको प्रक्रिया सुरु भइसकेको छ, भने चुनावी प्रक्रियाको निर्णय यसैसात गरिने भएको छ ।

शशांकले दुई बर्ष गरेको योगदानको कदर गरेको आइसीसीले जनाएको छ । ख्वाजा नेपाल क्रिकेट संघ क्यानको विवाद समाधानका लागि पटक पटक नेपाल आएका थिए । उनी नेपाली क्रिकेटको तथष्ट समितीमा आइसीसीको प्रतिनिधीका रुपमा रहेका थिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest