वेष्ट इन्डिजका लेजेन्ड क्रिकेटरकाे निधन

वेष्ट इन्डिजका लेजेन्ड्री क्रिकेटर सर एभर्टोन विकीजको ९५ बर्षको उमेरमा निधन भएको छ ।

वेष्ट इन्डिजका लागि ४८ टेष्ट खेलेका विकीज लगातार पाँच पारीमा सतक बनाउने एक्लो खेलाडी हुन । उनी वेष्ट इन्डिजको तीन डब्लु मध्येका एक मानिन्थे । उनको पालामा सर क्लेडी वालकोट, सर फ्रांक ओरेल र उनी निकै उत्कृष्ट खेल खेल्थे ।

क्रिकेट वेष्ट इन्डिजले उनको मृत्यु भएको पुष्टि गरेको छ । यसका साथै उनको परिवारलाई समवेदनापनि प्रकट गरेको छ । २० पारी खेल्ने खेलाडीमा उनको एभरेज सर्वाधिक उच्च रहेको छ । उनले टेष्टमा ४८.६१ को एभरेजमा ४४ सय ५५ रन बनाएका छन ।

१९५० मा इंग्ल्याण्ड टेष्ट जित्ने टिममा उनी महत्वपुर्ण खेलाडी रहेका थिए । क्रिकेट क्रिकेटको पहिलो जेनेरेसनको जिउदो खेलाडीमा उनी तेस्रो जिवित क्रिकेटर थिए । उनले वेष्ट इन्डिजका लागि १९४८ मा डेब्यु गरेका थिए । तर १९५८ मा उनले सन्यास लिएका थिए ।

सन् २०१९ को जुनमा हर्टअट्याक भएपछि उनको अस्पतालमा निरन्तर उपचार भइरहेको थियो । तर अन्तिममा उनको मृत्यु भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest