सांगाकारासँग सोधपुछ

सन् २०११ को फाइनलमा फिक्सिङ भएको आरोप पूर्व खेलकुद मन्त्रीले लगाएपछि यतिबेला श्रीलंकन पुलिसले त्यो विषयमा धमाधम अनुसन्धान सुरु गरेको छ । यहि क्रममा पुलिसले त्यो विश्वकपमा कप्तानी गरेका कुमार सांगाकारालाई पनि सोधपुछ गरेको छ ।

बुधबारमात्र त्यो विश्वकपका बेला खेलाडी छनोट समितीमा रहेका प्रमुख अरविन्द डी सिल्भालाई ६ घण्टा लामो बयान लिएको पुलिसले विहिबार सांगाकारालाई पनि सोधपुछ गरेको छ ।

श्रीलंकन सञ्चार माध्यमका अनुसार सांगाकाराले विहिबार विहान विशेष अनुसन्धान युनिटलाई बयान दिएका छन । यस्तै अर्का खेलाडी उपल थरंगाको पनि बयान लिइसकिएको छ ।

भारतसँग फाइनलमा पराजित भएको श्रीलंकाका त्यो बेलाका खेलकुद मन्त्री महिन्दानन्द अलुथागामाले विश्वकप फाइनल फिक्स भएको भन्दै विवादास्पद अभिब्यक्ति दिएका थिए ।

त्यसपछि उनको आलोचना हुँदा उनले भने ९ पेजमा २४ वटा कारणहरु उल्लेख गरेर पुलिसलाई प्रतिवेदन नै बुझाएको थियो । त्यसपछि पुलिसले नै यसलाई गम्भिर रुपमा लिएर अनुसन्धान सुरु गरेको छ । अझैपनि आगामी दिनमा अरु पूर्व खेलाडीसँग पनि सोधपुछ गरिने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest