जयबहादुर तामाङको परिवारलाई आर्थिक सहयोग

कीर्तिपुर मैदानमा दुई दशकसम्म कार्यरत रहेका जयबहादुर तामाङको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाली राष्ट्रिय राष्ट्रिय टिमका पूर्व सदस्य नरेश बुढाऐर र महेश क्षेत्रीको अगुवाईमा नेप्लिज क्यानेडियन क्रिकेट क्लवले आर्थिक सहयोग गरेका छन।

दुई जना खेलाडीले स्वर्गिय सेतेदाईलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन । सेतेदाईको परिवारलाई सिप्यानका अध्यष मनिस राज पाण्डेले रकम हस्तान्तरण गरेका हुन । नेपाली राष्ट्रिय टिमबाट खेलेका नरेश र महेश हाल क्यानडामा रहेका छन । पूर्व प्रशिक्षक पुबुदु दशानायकेको एकेडेमीमा उनीहरुले प्रशिक्षण दिइरहेका छन ।

कीर्तिपुर मैदानमा ग्राउण्ड स्टाफका रुपमा काम गरेका सेतेदाईको दुबै मृगौल फेल भएपछि निधन भएको थियो । त्यो बेलापछि उनीहरुको उपचारका लागि विभिन्न क्रिकेट प्रेमीले सहयोग गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest