कसरी गर्दै छ क्यानले खेलाडीसँग केन्द्रीय सम्झौता

नेपाल क्रिकेट संघ क्यानले गर्ने भनेको खेलाडीसँगको केन्द्रिय सम्झौतामा परिवर्तन गर्ने भएको छ । यसअघि क्यानले चार श्रेणीमा खेलाडीको सम्झौता गर्ने बताएको थियो । तर अब यो ढाँचालाई क्यानले परिवर्तन गर्ने भएको छ । यसअघि योजनामा रहेको एक प्लस, ए, बी र सी श्रेणीबाट ए प्लस हटाइने भएको छ । त्यो श्रेणीमा राखिने भनिएका खेलाडीलाई पनि ए श्रेणीमा नै राखिने भएको छ ।

ए श्रेणीमा अब करिव नौ जना खेलाडी राखिने तयारी गरिएको छ । यसअघि ए प्लसमा बढिमा पाँच जना राख्ने बताइएको थियो । तर अब त्यो परिवर्तन हुने भएको छ । क्यानले केन्द्रिय सम्झौताका लागि २४ खेलाडीको सूची बनाएको थियो । तर अब केन्द्रिय सम्झौतामा मात्र १४ देखि १५ खेलाडी राख्ने आन्तरीक तयारी गरेको छ । ६ महिनाको सम्झौता हुने छ भने हरेक ६ महिनामा त्यसलाई परिवर्तन गरिनेछ ।

अरु देशका बोर्डले गरेको अनुसार क्यानले पनि कम खेलाडी राखेर यसलाई हरेक ६ महिनामा परिमार्जन गर्ने बताइएको छ । यसअघि १९ खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गर्ने योजना बनाएको थियो, तर अहिले त्यसलाई पनि कम गर्ने तयारी गरेको छ ।

क्यानले केहि महिना अगाडी आइसीसीसँग खेलाडीको तलव बढाउनका लागि पनि पहल गरेको थियो । उसले यसअघि तीन श्रेणीमा रहेका खेलाडीको तलव १० हजारका दरले बढाईदिन आग्रह गरेको थियो । तर त्यसमा आइसीसीले कुनै प्रतिक्रिया दिएको छैन । यसका साथै आइसीसीले खेलाडीको २०१९ को तलवपनि पठाएको छैन ।

यता महिलामा पनि १४ खेलाडीको सूचीमा १० देखि १२ खेलाडीसँग केन्द्रिय सम्झौता गर्ने तयारी गरेको छ । क्यानले केन्द्रिय सम्झौताको तयारीका लागि तीन सदस्सिय समिती बनाएको थियो । कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा बनाएको कमिटीमा दुर्गा पाठक र अमित पाण्डे रहेका छन ।

खेलाडीको सम्झौताको काम अन्तिम चरणमा पुगेको बताएपनि कहिले फाइनल हुन्छ भन्ने एकिन छैन । लकडाउनका कारण यो काममा केहि ढिलाई भएको क्यानको भनाई छ ।

क्यानले खेलाडीको तलव २०२० बाट आफैले दिने बताइसकेको छ । तर आइसीसीले रकम नपठाउँदा खेलाडीको तलव, भत्ता केहि दिन सकेको छैन । यो बर्षको सुरुवात देखि क्यानले खेलाडीलाई टी २० मा प्रत्यक खेलको पाँच हजार म्याच फि दिने बताएको थियो ।

यसअघि आइसीसीलाई पठाएको तीन श्रेणीको सम्झौता अनुसार खेलाडीलेस ३५, २५ र १५ हजार रुपैयाँ पाउने गरेका छन । त्यो सूचीलाई बढाउने योजना भएपनि अब साउनको पहिलो साता क्यानको बोर्ड बैठकले अन्तिम निर्णय गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest