क्विन्टन डी कक बर्षको उत्कृष्ट क्रिकेटर

दक्षिण अफ्रिकाका कप्तान क्विन्टन डी कक बर्षको उत्कृष्ट दक्षिण अफ्रिकी क्रिकेटर बनेका छन । दक्षिण् अफ्रिकी क्रिकेट बोर्डले सार्वजनिक गरेको सूचीमा उनी उत्कृष्ट खेलाडी बनेका छन ।

उनी दुई फरक विधामा पनि उत्कृष्ट घोषित भएका छन । डी ककले बर्षको उत्कृष्ट टेष्ट क्रिकेटर तथा प्लेयर्स प्लेयर्स अफ दी इयरको अवार्डपनि जितेका छन ।

एकदिवसीय र टी २० क्रिकेटरको उपाधि लुंगी नेग्दीले जितेका छन । यस्तै फ्यान्स प्लेयर अफ दी इयरको अवार्ड भने डेविड मिलले हात पारे ।

महिला तर्फ लौरा वोल्भार्डले तीन वटा फरक अवार्ड जितीन । उनले महिला तर्फको क्रिकेटर अफ दी इयर, एकदिवसिय र प्लेयर्स प्लेयर्स क्रिकेटर बनिन ।

यस्तै शबनिम स्माइलले टी २० क्रिकेटरको अवार्ड जितीन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest