कुशल मन्डिस पक्राउ

श्रीलंकन क्रिकेट टिमका खेलाडी कुशल मन्डिसलाई पुलिसले पक्राउ गरेको छ ।

उनी चडेको गाडीले साइकललाई ठक्कर दिँदा एक जना बृद्धको ज्यान गएपछि उनलाई पुलिसले पक्राउ गरेको हो ।

मन्डिस आफैले चलाएको कारले ६५ बर्षे बृद्धलाई ठक्कर दिएको थियो । जसका कारण ती बृद्धको ज्यान गएको थियो ।

त्यसपछि तत्काल उनलाई पक्राउ गरिएको छ भने चाँडै उनलाई अदालतमा उपस्थित गराइने भएको छ ।

२५ बर्षे मन्डिसले श्रीलंका भरपर्दा अलराउण्डर हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest