कोहलीमाथि ‘कन्फ्लिक्स अफ इन्ट्रेस्ट’ को आरोप

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीमाथि ‘कन्फ्लिक्स अफ इन्ट्रेस्ट’ को आरोपमा भारतीय क्रिकेट बोर्डमा उजुरी परेको छ ।

कोहलीले आफ्ना दुई वटा ब्यवसायमा फाइदाका क्रिकेटको प्रयोग गरेको भन्ने उजुरी परेको छ । मध्यप्रदेश क्रिकेट संघका सदस्य सञ्जव गुप्ताले बीसीसीआईको इथिक्स कमिटीलाई इमेल लेख्दै यस्तो आरोप लगाएका हुन । उनले त्यो इमेललाई अध्यक्ष सौरभ गांगुलीलाई पनि पठाएका छन ।

गुप्ताले कोहलीले बीसीसीआईको विधान अनुसार आफ्नो कामको फाइदाका लागि पोष्ट गरेको आरोप लगाएका छन । जुलाई चार तारिखमा गुप्ताले त्यो अपिल गरेका हुन । कोहलीले एकै पटक दुई वटा पोष्टमा काम गरिरहेको उनको आरोप लगाएका छ ।

कोहलीले खेलाडी बाहेक बाहिर दुई वटा कम्पनी खोलेका छन । जसमा उनी डाइरेक्टरका रुपमा काम गरिरहेका छन । जुन बीसीसीआईको विधान अनुसार नभएको आरोप लागेको छ । बीसीसीआईको विधान अनुसार खेलाडी हुँदा अरु कुनैपनि पोष्टमा बस्न नपाउने नियम रहेको छ ।

बीसीसीआईले कोहलीविरुद्धको उजुरी पाएको र त्यसको जाँच गरेर उचित निर्णय लिइने बताएको छ । यसका लागि कोहलीलाई पनि बोल्ने मौका दिइने बताइएको छ । यसअघि गुप्ताले सचिन तेन्दुलकर, भिभिएस लक्ष्मण र राहुल द्रविड विरुद्धपनि इथिक्सविरुद्ध काम गरेको भन्दै बीसीसीआईमा उजुरी दिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest