काेराेनापछि परिवर्तित क्रिकेट

कोरोना भाइरसका कारण लामो समय रोकिएका अन्तराष्ट्रिय क्रिकेट बुधबारबाट फेरी औपचारिक रुपमा सुरु हुँदैछ । वेष्ट इन्डिजले इंग्ल्याण्डसँग खेल्ने पहिलो टेष्टबाट फेरी क्रिकेट सुरु हुनेछ ।

तर यसपटक क्रिकेटमा धेरै कुराहरु पहिलो पटक देख्न पाइने भएको छ । दर्शकले खचाखच हुने स्टेडियमहरु खाली हुनेछ । खेलाडीले दर्शकको हो हल्ला, नारावाजी, हरेक बाउन्ड्रिमा सुनिने हुटिङ नसुन्न पाउने भएका छन । यतिमात्र होइन, मैदानमा पनि खेलाडीविच अहिलेसम्म नदेखिएको ब्यवहार देखिने भएको छ ।

आइसीसीले नै गाइडलाइन जारी गर्दै खेलाडीविच सामाजिक दुरी कायम राख्नुपर्ने उल्लेख गरेको छ । यसको अर्थ खेलाडीले एक अर्कासँग निकै नजिक आएर कुरा गर्न नपाउने भएका छन । यस्तै अपिलका लागि अम्पायरको अगाडी जान नपाउने भएका छन ।

परिवर्तित नियम

आइसीसीले जारी गरेको गाइडलाइनमा खेलाडी र अम्पायरविच सामाजिक दुरी कायम हुनुपर्छ ।

अम्पायरले खेलाडीको कुनैपनी सामागि (क्याप, रुमाल, चस्मा, जम्पर्स) बोक्न पाउने छैन ।

खेलका बेला आफ्नो सामाग्रि बलरले आफैले ब्यवस्थापन गर्नुपर्नेछ । बल समाउने बेलामा अम्पायरले ग्लोब्सको प्रयोग गर्नु उचित हुने उल्लेख छ ।

विकेट झरेमा खेलाडीले अंकमाल, हाइफाइभ गर्ने, पछाडीपट्टी हातले हान्ने, कपाल चलाउने जस्ता काम गर्न पाउने छैनन् ।

यो नियम ब्याट्सम्यानलाई पनि लागु हुनेछ । खेलाडीले समर्थकसँग सेल्फि, अटोग्राफ दिन पाउने छैनन् ।

बल चम्काउनका लागि थुकको प्रयोग गर्न नपाउने नियम यसअघि नै सबैलाई जानकारी भइसकेको छ । खेलाडीले स्यानिटाइजरको प्रयोग धेरै गर्न भनिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest