क्यारेवियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ ।
कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन् । उनी जमैकामा १ लाख ३० हजार अमेरीकी डलरमा बिक्रि भएका हुन ।
उनले ड्राफ्टमा ९० हजार डलर मुल्य तोकेका थिए । सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सन्दीपले यसअघि सीपीएल खेलिसकेका छन् ।
सन्दीप पहिलाे संस्करणमा ५ हजार तथा दाेस्राे संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए ।
अहिले तेस्राे संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका छन् । याे सन्दीपकाे अहिलेसम्मकै सर्वाधिक ठुलाे अनुबन्ध पनि हाे ।