वेष्ट इन्डिज र इंग्ल्याण्डकाे खेल भाेलीबाट

कोरोना भाइरसका कारण झण्डै चार महिनापछि अन्तराष्ट्रिय क्रिकेट भोलीबाट सुरु हुँदैछ । जसमा इंग्ल्याण्डले पहिलो टेष्टमा भोली वेष्ट इन्डिजसँग खेल्नेछ । त्यसका लागि सबै तयारी पुरा भइसकेको छ । तर यसपटक क्रिकेट सुरु हुँदा निकै नियमहरु परिवर्तन हुनेछन ।

एजियस रंगशालामा घरेलु टिम इंग्ल्याण्डले वेष्ट इन्डिजसँग खेल्दैछ । नियमित जस्तो खेलाडीहरु मैदानमा आउने छैनन् । समर्थकहरु खेलाडीको स्वागतका लागि चिचाउने छैनन् । मैदानमा खेलाडी तथा पदाधिकारीले आइसीसीको परिमार्जित नियम अनुसार चल्नुपर्नेछ । संक्रमणको जोखिम हुने भन्दै दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको छ ।

तर चार महिना देखि क्रिकेट फर्खिने पर्खाइमा रहेको क्रिकेट प्रेमीले टिभीबाट मनोरञ्जन लिनेछन् । बलिङ गर्दा बलरले बलमा थुक लगाउन पाउनेछैनन् । त्यो झुक्किएरपनि गरेको पाइएमा दुइ पटक सम्म चेतावनी दिइनेछ । त्यसपछि पनि नियम नमाने पेनाल्टीस्वरुप पाँच रन बलिङ गर्ने टिमले विपक्षीलाई दिनुपर्नेछ । खेलका बेला कुनै खेलाडीमा कोरोना संक्रमणको लक्षण देखिए तत्कालै खेलाडी प्रतिस्थापन गर्न पाउने नियम आइसीसीले बनाएको छ ।

टेष्ट सिरीज हुने तीनै खेलका भेन्यु कोरोना विरुद्धको उच्च सतकर्ता अपनाइनेछ । खेलाडी तथा पदाधिकारीको हरेक दिन परिक्षण गराइनेछ । खेलाडीले तोकिएका जोन भन्दा यता उता हिडडुल गर्न पाउनेछैनन् । खेलाडीहरुलाई मैदान नजिकैको होटलमा राखिनेछ । खेलाडी, पदाधिकारी , मिडिया बस्नका लागि भिन्दा भिन्दै जोन तोकिनेछ । यस पटक न्युट्रल अम्पायर अनिवार्य हुनेछैनन् ।

पहिलो पटक इंग्लीस अम्पायर नै इंग्ल्याण्डमा हुने खेलमा रहनेछन् । तर उनीहरुले कम्तीमा १९ वर्ष क्रिकेटमा अम्पाएरिङको अनुभव बटुलेको हुनु पर्छ । अम्पायरको निर्णय विरुद्ध प्रत्येक इनिङसमा तीन पटकसम्म रिभ्यु लिन सकिनेछ । संक्रमणले अब सामान्य रुप लिए आउँदा दिन अन्य खेल सञ्चालन गर्ने तयारीमा आइसीसी छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest