इंग्ल्याण्डकाे पारीमा बर्षा टाउकाे दुखाई

कोरोना भाइरसका कारण स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट बुधबारबाट सुरु भएको छ । इंग्ल्याण्ड र वेष्ट इन्डिज विचको पहिलो टेष्टको पहिलो दिन बर्षा निकै बाधक बन्यो ।

पहिलो दिनको अधिकांश खेल बर्षाले विथोलिएको थियो । साउथह्याम्टनमा जारी टेष्टको पहिलो दिन इंग्ल्याण्डले पुरै दिनमा केहि समयमात्र ब्याटिङ गर्ने मौका पायो । उसले पहिलो दिन सकिदा एक विकेट गुमाएर ३५ रन बनायो । जसमा उले १७ ओभर चार बलमात्र खेल्न पायो ।

बर्षाका कारण टसपछि साढे दुई घण्टा ढिलो भएको थियो । यस्तै टस जितेर पहिले ब्याटिङको निर्णय गरेर मैदानमा उत्रिदा पनि चौथो ओभरमा फेरी बर्षा भएपछि खेल निकै बेर रोकिएको थियो ।

पुरै दिन मात्र १७ ओभर चार बलको खेल भएकोमा इंग्ल्याण्डले निकै तल्लो सुरुवात गरेको छ । आ इंग्ल्याण्डले आज त्यहि स्कोरबाट दोस्रो दिनको खेल सुरु गर्नेछ । तर आजपनि साउथह्याम्टनमा बर्षा हुने संभावना देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest