यो बर्षको एशिया कप रद्द

लामो समयको अन्योलपछि यो बर्षको एशिया कप रद्द भएको छ । पाकिस्तानमा हुने भनिएको एशियाकप २०२१ का लागि सरेको छ । एशियन क्रिकेट काउन्सिल एसीसीले आज आधिकारीक रुपमा एशिया कप यो बर्षका लागि रद्द भएको जनाएको छ ।

यो प्रतियोगिता अब जुन २०२१ का मा गर्ने योजना रहेको छ । कोरोना भाइरसका कारण यो बर्षका लागि स्थगित भएको एशिया कपका कारण अब इन्डियन प्रिमियर लिग हुने संभावना बढेको छ ।

एसीसीले विदेशी खेलाडी प्रवेशमा लगाइएको रोक र देशले बनाएको क्वारेन्टिनको नियम अनुसार अझैपनि यो प्रतियोगिता गर्न कठिन रहेको बताएको छ ।

बुधबार बिसीसीआईका अध्यक्ष सौरभ गांगुलीले अनौपचारीक रुपमा यो प्रतियोगिता रद्द भएको बताएका थिए । त्यो विषयमा एसीसीले आधिकारीक धारणा विहिबार मात्र सार्वजनिक गरेको हो ।

२०२१ को एशिया कप श्रीलंकाले आयोजना गर्ने भएको छ । पाकिस्तानले २०२२ को विश्वकप आयोजनाको जिम्मा भएको छ । यसअघिको एशिया कप यूएईमा भएको थियो । जसमा भारतले उपाधि जितेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest