एकदिवसिय सिरीजका लागि २४ खेलाडीको सूची सार्वजनिक

इंग्ल्याण्ड क्रिकेट बोर्डले आयरल्याण्ड विरुद्धको एकदिवसिय सिरीजका लागि २४ खेलाडीको सूची सार्वजनिक गरेको छ ।

आयरल्याण्डविरुद्धको तीन एकदिवसिय सिरीजका लागि इंग्ल्याण्ड टिमले २४ खेलाडीको नामावली सार्वजनिक गरेको हो । जसमा अनुभवी खेलाडी एलेक्स हल्सलाई राखिएको छैन । उनले यो सिरीजबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

उनी डोपिङ परिक्षणमा असफल भएपछि यो सिरीज गुमाउने भएको हुन । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले सार्वजनिक गरेको खेलाडीको सूचीमा सात जना नयाँ अनुहार परेका छन ।

जुलाई ३० तारिखबाट सुरु हुने एकदिवसिय सिरीजका लागि पहिलो पटक टिममा परेका खेलाडीमा तिब्रगतिका बलर हेनरी ब्रोक्स, ब्रेडोन कार्से, टोम हल्म, रिचार्ड ग्लिसोन, प्लस ब्याट्समेन, लउरे इभेन्स, साम हेन र फिल साल्ट रहेका छन ।

लियाम र लुइस पहिलो पटक कुनैपनि प्रतियोगिताका लागि टिममा परेका हुन । इयोन मोर्गनको कप्तानीमा रहेको टिममा मोयन अली, जोनी ब्रेस्टो, बान्टोन विलिङ्स, ब्रेडोन कार्से, टोम कुरान, लियाम लिभिङस्टोन, एस महमोद, एम पार्किन्सन, जेसोन रोय, फिल साल्ट लगायत छन ।
पउल कलिङउडको प्रशिक्षणमा रहने टिममा यसपटक टेष्टमा परेका कुनैपनि खेलाडीलाई समावेश गरिएको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest