बीसीसीआईबाट राहुल जौहरीको राजिनामा

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राहुल जौहरीको राजिनामा बोर्डले स्विकृत गरेको छ । उनले डिसेम्बर २७ तारिखमा नै बोर्डबाट राजिनामा दिएका थिए ।

तर त्यो बेला बोर्डले उनको राजिनामा स्विकृत गरेको थिएन । त्यसपछि उनले दोस्रो पटक अप्रिल ३० तारिखमा राजिनामा बुझाएका थिए । आइतबार बोर्डले उनको राजिनामा अचानक रुपमा स्विकृत गरेको छ ।

बोर्डले उनको राजिनामा अचानक स्विकृत गर्नुको कारण बारे भने खुलाइएको छैन । तर भारतीय भिडियाले बताएअनुसार राहुलले बोर्डको गोप्य जानकारी मिडियालाई दिएको आरोप लागेको छ ।

बीसीसीआईको पूर्व पदाधिकारीले राहुलले बोर्डको गोप्य सूचनालाई मिडियामा दिने गरेको र त्यो बोर्डका लागि अनुचित रहेको बताए । राहुलले राजिनामा दिदाँ उनले दुई वटा इमेल लिक गरेको पुष्टि भएको छ । जसमा अष्ट्रेलियाका प्रमुख एर्ल एडिंग्सको टी २० विश्वकपसँग सम्बन्धित रहेको छ भने अर्को कैग प्रतिनिधी अल्का रेहानीको विषयमा रहेको छ ।

२०१६ मा बोर्डको सिईओ बनेका राहुलले अघिल्लो बर्ष सौरभ गांगुलीले अध्यक्ष पदको जिम्मेवारी सम्हालेपछि नै पदबाट राजिनामा दिएका थिए । त्यो बेला उनलाई आफ्नो कार्यकाल समाप्त नहुँदासम्म काम गर्न भनिएको थियो । उनको कार्यकाल २०२१ सम्मको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest