क्यारेवियन प्रिमियर लिग अगष्ट १८ बाट सुरु हुने पक्का

क्यारेवियन प्रिमियर लिग अगष्ट १८ बाट सुरु हुने भएको छ । स्थानीय सरकारले प्रतियोगिताका लागि स्विकृती दिएपछि अगष्ट १८ बाट सेप्टेम्बर १० तारिखसम्म प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता दर्शक विना खाली रंगशालामा खेलाइनेछ । स्थानीय सरकाले यसपटक खेलहरु विभिन्न मैदानमा गराउनुको सट्टा ट्रिनिडाड एण्ड टोबागोमा रहेका दुई वटा मैदानमा मात्र खेलाउने स्विकृती दिएको छ ।

कोरोनाको प्रभाव अझैपनि कायमै रहेकाले खेलाडीको श्वास्थ्यलाई ध्यानमा राख्दै दुई मैदानमा मात्र खेल गराइने भएको हो । सिपीएल खेल्न आफ्नो देशबाट प्रस्थान गर्नुअघि र ट्रिनाड पुगेपछि विदेशी खेलाडीको कोरोना परिक्षण हुनेछ ।

यदि प्रतियोगिताका बेला कोहि खेलाडी वा प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा त्यो पुरै टिमलाई १४ दिनको सेल्फ आइसोलेसनमा राखिने भएको छ । सिपीएलमा सहभागि हुने सबैको हरेक दिन तापक्रमको जाँच हुनेछ । प्रतियोगिताका बेला बारम्बार खेलाडीको कोरोना परिक्षण हुनेछ ।

सिपीएल आयोजक र सरकार विच शुक्रबार राति भएको सहमतिमा यो प्रतियोगिता खेल्नका लागि त्यहाँ पुग्नु भन्दा अगाडी सात दिन र ट्रिनिडाड पुगिसकेपछि १४ दिनको सेल्फ आइसोलेसनमा बस्नुपर्ने बताएको छ ।

प्रतियोगिताका बेला सहभागि ६ वटै टिमका सबै खेलाडी एउटै होटेलमा राखिने छ भने प्रतियोगितामा कुल ३३ खेल हुनेछन । यो प्रतियोगिताका लागि नेपाली खेलाडी सन्दिप लामिछाने एक लाख ३० हजार पाउण्डमा अनुबन्ध भएका छन । जुन उनको फ्रेन्चाइजी लिगको महंगो रकम हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest